बैशाख ०८, २०८१, शनिबार
               

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सो बैठकले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय पूर्ण बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकाका विद्यालय कोरोनाको उच्च जोखिममा रहेको भन्दै बन्द गर्न सिफारिस गरेको थियो । जसका कारण शहरी क्षेत्रका विद्यालयहरु अनलाइनको माध्यमबाट पढाइ भइरहेका छन् । 

सरकारले यसअघि नै उपत्यकासहित,ललितपुर,कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोनाको उच्च जोखिमा राखेको छ । 


कस्तो लाग्यो ?

यो पनि