जेठ ०६, २०८१, आइतबार
               

दुई न्यायाधीश अनुमोदित

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ ।  समितिले डा कुमार चुँडाल र  नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

शुक्रबार संसदीय सुनुवाइ समितिमा सुनुवाइपछि दुवैको नाम अनुमोदन भएको हो । सुवेदी र चुँडालको नाम अनुमोदन भएसँगै वर्ष दिनभन्दा अगाडिदेखि सर्वोच्चमा रिक्त रहेको दुई न्यायाधीश पदपूर्ति हुने भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले सुनुवाइ गरेको थियो । यसअघि सुवेदीविरुद्ध योग्यताका विषयलाई  लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि