चैत १६, २०८०, शुक्रबार
               

विद्यालयमा कोरोना देखिए वैकल्पिक उपाय अपनाउन महानगरको आग्रह

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थी  वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको हो ।

कोरोना संक्रमणदेखिएका विद्यालय मात्र बन्द गर्ने निर्णय भएको महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले भने, ‘संक्रमण भएका विद्यालय एक साताको लागि बन्द गर्ने निर्णय गरेका छौँ ।’

संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि