जेठ ०६, २०८१, आइतबार
               

प्रस्तावित न्यायाधीश सुवेदी र चुडालको सुनुवाइ हुँदै

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो। संसदीय सुनवाइमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालविरुद्ध सात वटा उजुरी परेका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका थिए । तर, सर्वोच्चले सुवेदीको योग्यता सर्वोच्च अदालतको न्यायाधीश बन्न पुग्ने फैसला गरिदिएको छ ।

चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको थियो भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि