वीरगञ्ज महानगरपालिका-६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त स्राेत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो ।
उनी उपर ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।