आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी
छन् ।
घोराहीका तीनजना युवाहरूले आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीले मुद्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरूलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेका थिए ।
दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने फैसला गरेको हो ।