असोज ०६, २०८१, आइतबार
               

सवारी दुर्घटनामा चारको मृत्यु, १८ जना घाइते

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । दोलखामा भएको सवारी दुर्घटनामा चार जनाको जनाको मृत्यु भएको छ भने १८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाको बिगु गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै वडाध्यक्षसहित १८ जना घाइते भएका हुन् ।

उक्त गाउँपालिका– ४ लादुकस्थित चार गोलाइमा प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको सवारी राति १० बजे दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्यु भएको छ ।

दुर्घटनामा वडा नम्बर ३ का वडाध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन् भने उनको  ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको छ । सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएकाहरु घर फर्कने क्रममा गाउँ नजिकै सोमबार राति दुर्घटना भएको हो ।


कस्तो लाग्यो ?

यो पनि