बैशाख १२, २०८१, बुधबार
               

करेन्ट लागेर एक दम्पतीको मृत्यु

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । 

बिजुलीको पोलबाट घरको मिटर बक्समा लागेको तार भुईंमा लत्रिएको र उक्त तारलाई व्यवस्थापन गर्न फलामको डन्डिले उठाउने क्रममा उनीहरूकाे मृत्यु भएकाे हाे । उनीहरूकाे शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि