बैशाख १५, २०८१, शनिबार
               

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउपछि सार्वजनिक

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

कास्की । गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अभियोगमा फरार एक जनालाई कास्की प्रहरीले आइतबार दुई महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ । 

बारा जिल्ला बरियापुर नगरपालिका–४ पिपरावृत्ता घर भई पोखरामा मेटलको काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई गोली प्रहारको घटनामा संलग्न रहेको पाइएपछि खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

प्रहरीले प्रतिवादी पाण्डेको साथबाट ६ दशमलव ६५ एमएमको गोेलीको राउण्ड तीन थानसहित पोखरा–१ सिम्पानीबाट पक्राउ गरेको छ । गत माघ २३ गते पोखरा महानगरपालिका–१७ महतगौँडामा पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरामा वायरिङको काम गर्ने २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट विकको दाहिने कोखा (पेटको भाग) मा अगाडि पट्टीबाट प्वाल परी पछाडि ढाडको भागमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनामा संलग्नको पहिचान खुलेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि