बैशाख ०७, २०८१, शुक्रबार
               

मालपोत कार्यालयमा बम विस्फोट : थप एक पक्राउ

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।
 
एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि