बैशाख ०८, २०८१, शनिबार
               

विभिन्न हातहतियारसहित पक्राउ

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

बाँकेको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पकाउ पर्नेहरूमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् । 

यता सिरहाको कर्जन्हा नगरपालिका-४ बस्ने २६ वर्षीय राम सुन्दर दासलाई थ्रिनटथ्री राईफलमा प्रयोग हुने १ राउण्ड गोली, ६ थान खोका र भरुवा बन्दुकमा प्रयोग हुने ८ थान छर्रासहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

दाङकाे लमही नगरपालिका-१ बगल सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक, ५ थान छर्रा र करिब ६ क्यूफिट काठ शनिबार बिहान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि