असोज ०६, २०८१, आइतबार
               

नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल विजय, घोषणा हुन बाँकी

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयको नजिक पुगेका छन् । निर्वाचन समितिले औपचारिक रुपमा विजयको घोषणा नगरे पनि उनको विजय निश्चित देखिएको छ । नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी छ । 

पोखरेलले दुई हजार एक सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेको छ  । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएको छ । र, साँझ ५ बजे औपचारिक घोषणा हुने बताइएको छ ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

यो पनि