चैत १५, २०८०, बिहीबार
               

डाका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । 

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसला अनुसार ६ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए । 


कस्तो लाग्यो ?

यो पनि