जेठ ०१, २०८१, मंगलबार
               

घुससहित प्रहरी जवान पक्राउ

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । प्रहरी जवानलाई ४० हजारसहित पक्राउ गरेकाे हाे । 

सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

अख्तियारका अनुसार यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ मागेका थिए ।

उनलाई सो रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका- १४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि