जेठ ०७, २०८१, सोमबार
               

आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।

सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ भने लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ ।

बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनील खनाललाई डोटी  र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।

उपसचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ ।  गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि