बैशाख १३, २०८१, बिहीबार
               

केपी ओलीकाे गृहजिल्लामा प्रेस चौतारी पराजित

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

नेपाल पत्रकार महासंघको चुनावमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा एमालेनिकट प्रेस चौतारीले हार बेहोरेको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ । अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन्  । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ मत ल्याएका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । चारमध्ये तीन जना निर्वाचित हुनुपर्नेमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित भए भने प्रधानमन्त्री ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारी पराजित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि