जेठ ०५, २०८१, शनिबार
               

बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले बुधबार सो आदेश दिएको हो ।

सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो।

त्यसैगरी, बुधबार नै भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न अनुमति दिएको थियो । बिस्का: जात्रा चैत २८ बाट हुँदै छ। नगरपालिकाको बुधबारको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउन पनि अनुमति दिएको छ।

भक्तपुरका नगरप्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का: जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, ‘यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौँ।’

यो पनि