बैशाख १३, २०८१, बिहीबार
               

बिस्केट जात्रा सञ्चालन हुने

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुर नगरपालिकाले बिस्क (बिस्केट जात्रा)सञ्चालन गर्न दिने भएको छ । 

सोमबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने भन्ने निर्णय गरे पनि नगरपालिकाले सो जात्रा सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यस्तै भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको र यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने बताएका छन् ।

नगरपालिकाले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम र सामाजिक सञ्जालमार्फत् गर्ने बताएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो।

यो पनि