बैशाख १५, २०८१, शनिबार
               

घुससहित दुई कर्मचारी पक्राउ

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना हेटौँडाका लेखा अधिकृत देवीप्रसाद गौतम र सव-इन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका हुन् । उनीहरु ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका हुन् । उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

आयोगले सव-इन्जिनियर लामिछानेलाई सेवाग्राहीसँग निर्माणपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगको दाबीअनुसार, ‘लेखा अधिकृत गौतम र लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिएवापत ५० हजार घुस माग गरी लिएको पुष्टि हुन आएको हो ।’


कस्तो लाग्यो ?

यो पनि