बैशाख १३, २०८१, बिहीबार
               

चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

मोरङ । कटहरी गाउँपालिका-१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका-८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार राय रहेका छन् ।

उक्त फर्निचर उद्योगबाट चैत २१ गते फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेसिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेसिन १ थान , टिभी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ बलुवाई स्वागत चोकबाट चोरी गरिएको सामानसहित पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि