बैशाख १४, २०८१, शुक्रबार
               

कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

फेसबुक आइडी ह्‍याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक सञ्जालमा अनाधिकृत पहुँच पुर्‍याई फेसबुक एकाउन्ट ह्‍याक गरी उक्त एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि