बैशाख १२, २०८१, बुधबार
               

चितुवा र रेड पाण्डाको छालासहित ४ जना पक्राउ

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट १ थान संरक्षित वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गाविस-८ बस्ने ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाउँपालिका-२ बस्ने २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका-६ सेराफाँट गोरखालीपुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको ३ थान छालासहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका-१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त छाला सहितफेला पारी उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि