चैत १६, २०८०, शुक्रबार
               

जङ्गलको डढेलो घरमा पसेर महिलाको मृत्यु

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा उनकी श्रीमती हस्तमायाको मृत्यु भएको हो । 

साथै, उक्त आगलागीमा उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि