काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ परेकी छन् ।काठमाडौँ प्रहरी परिसरका अनुसार बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन् ।
सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दाबी गरेका छन् । यस्तै, उनीमाथि सिर्जना फाइन्नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको अभियोग पनि उनीमाथि छ ।
उनी ज्येष्ठ नागरिकको सम्पति हिनामिना गरेको अभियोगमा परेको मुद्दाका आधारमा पक्राउ परेकी बुझिएको छ । उनलाई पक्राउका लागि अदालतबाट पक्राउ पुर्जी आएको थियव । सोही पत्र प्राप्तपश्चात् उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।