असोज ०६, २०८१, आइतबार
               

स्रोत नखुलेको ४३ लाख र ९ थान तिलहरीसहित पक्राउ

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

गएराति चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । दाङ तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश नं ३–०१–००–६ ख ०९१२ नं को यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली) बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ ।

सोधपुछ गर्दा उक्त रकम तथा सामान तुलसीपुर उप–महानगरपालिका– ५ का ३७ वर्षीय सन्दिप कौशलको रहेको भन्ने खुलेकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले रकमको स्रोत खुलाउन नसकेकाले अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि