असोज ०६, २०८१, आइतबार
               

विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

दुवइ उडानद्वारा दुवईबाट काठमाडौं आगमन भएका यात्रु सिन्धुपाल्चोकका विष्णु बहादुर भण्डारीलाई सुनकाे बाला र विस्कुट आकारको चार टुक्रासहित पक्रेकाे हाे ।

लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा भन्सार कार्यालय र विमानस्थल प्रहरीले निजलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ । उक्त सुनकाे तौल ५१६.७२ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ । 

निजलाई नियन्त्रणमा लिई भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरमा बुझाएको प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि