बैशाख १५, २०८१, शनिबार
               

हात्तीको आक्रमणबाट बृद्धको मृत्युु

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

टीकापुर । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरीले वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताए ।

‘जङ्गली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उनले भने, ‘उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ, जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।’ 


कस्तो लाग्यो ?

यो पनि