जेठ ०६, २०८१, आइतबार
               

जनस्वास्थ्य संकटकालको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ (तस्वीरसहित)

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । जनस्वास्थय संकटकालको घोषणाको माग राखी प्रदर्शनमा उत्रिएका विद्यार्थी सिंहदरबार परिसरबाट पक्राउ परेका छन् । 

डढेलो र वायुप्रदूषणले जनस्वास्थ्य संकटमा परे पनि सरकार मौन बसेको भन्दै हातमा बिरुवा र वातावरण संरक्षणका सन्देश लेखिएका ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका उनीहरु पक्रउ परेका हुन् । 

काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये एक नम्बरमा हुँदा पनि वातावरण मन्त्रालयले  सुधारका लागि कुनै दीर्घकालीन योजना नल्याएको उनीहरुको आरोप छ । केही दिनयता प्रदूषण ह्वात्तै बढेपछि सरकारले विद्यालय बन्द गरेको छ । तर, शुक्रबारबाट भने मौसममा केही सुधार भई घाम लागेको छ ।


कस्तो लाग्यो ?

यो पनि