नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनकाे माग गरी सर्वोच्चमा दायर गरेकाे मुद्दा सर्वोच्च अदालतले अस्वीकार गरेकाे छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको हाे । माओवादी अध्यक्ष दाहालले दिएको पुनरावलोकनसम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिइएको हाे ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा न्यायाधीश तेजबहादुर केसी तथा न्यायाधीश प्रकाश कुमार ढुंगानाकाे पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।