जेठ ०४, २०८१, शुक्रबार
               

आज सुनुवाइ हुने माओवादीको पुनरावलाेकन प्रधानन्यायाधीशसहित ३ जनाले हेर्ने

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएकाे नेकपा नामसम्बन्धी मुद्दाको पुनरावलाेकन निवेदन चोलेन्द्र शमशेर जबराले हेर्ने भएका छन् । सर्वोच्च अदालतले प्रधानन्यायाधीश जबरासहित तीन न्यायाधीशकाे पूर्णइजलास ताेकेको छ ।

उक्त पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको हाे । उक्त निवेदनमा जबरासहित न्यायाधीश तेजबहादुर केसी तथा न्यायाधीश प्रकाश कुमार ढुंगानाकाे पूर्ण इजलासमा पेसी ताेकिएकाे छ । आजको सुनुवाइले दाहालले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।

इजलासले पुनरावलोकन गर्ने भनी आदेश गरेमा फैसला कानुनसम्मत छ/छैन भन्नेबारे पुनरावलोकन हुनेछ । नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान  र नजिरविपरीत भएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरावलोकन हुनु पर्ने माग गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि