बैशाख १९, २०८१, बुधबार
               

होलीको दिन बागलुङमा सामूहिक झडपमा मृत्यु भएकाको चार दिनपछि अन्त्येष्टि

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

बागलुङ । होली खेल्ने क्रममा बागलुङमा सामूहिक झडपपमा ज्यान गुमाएका दुवैको शव आज अन्त्येष्टि गरिएको छ । गत आइतबार जिल्लाको निसीखोला गाउँपालिका–७ र बडीगाड गाउँपालिका–१० को सिमाना बल्देधुरीमा दुई गाउँका युवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको मृत्यु भएको थियो ।

उनीहरुको शव सोमबार बुर्तिबाङ शव परीक्षणका लागि लगिएको थियो । शव परीक्षण भए पनि घटनामा संलग्न दोषीलाई पक्राउ नगर्दासम्म परिवार शव बुझ्न मानेका थिएनन् ।

तर, बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् । शव बुझेपछि परम्परागतरुपमा अन्त्येष्टि गरिएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति दोर्ण कुँवरले बताए । दर्लिङ खोलामा कुँवर र दमाईंको अन्तिम दाहसंस्कार गरिएको छ ।

उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवरलगायत नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । मृतक कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाईं सक्रिय कार्यकर्ता हुन् ।


कस्तो लाग्यो ?

यो पनि