बैशाख २४, २०८१, सोमबार
               

दुर्गाप्रसादले पाए नागरिकता

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

इलाम । ४० वर्ष भारतीय जेलमा व्यतीत गरी केही दिनअघि मात्रै नेपाल आएका दीपक जैसी पनि भनिने दुर्गाप्रसाद तिम्सिनाले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । 

प्रदेश १ सरकारले तत्काल नागरिकता दिने र स्वास्थ्य उपचार गर्ने निर्णय गरेअनुसार बिहीबार उनले जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका आधारमा नागरिकता प्राप्त गरेका हुन् । 

भारतको कोलकातास्थित उच्च अदालतमा उनको नाम दीपक जैसी लेखिएको भए पनि नेपाली नागरिकता भने दुर्गाप्रसाद तिम्सिनाकै नाममा बनेको छ।

दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने सिफारिस पनि जिल्ला प्रशासन कार्यालय इलामबाट बनाउन लागिएकाे जानकारी उनका आफन्तले दिए। 

यो पनि