बैशाख १७, २०८१, सोमबार
               

आजबाट लोकसेवा आयोग पदाधिकारीविहीन

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आजबाट लोकसेवाका पदाधिकारीको कार्यकाल समाप्त भएको छ । आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली लगायत पदाधिकारीहरुको कार्यकाल समाप्त भएको हो । उनिहरुको कार्यकाल सकिएसँगै आयोग पदाधिकारीविहीन बनेको छ ।

अध्यक्ष मैनालीसहित चार जना सदस्यको ६ वर्षे कार्यकाल मंगलबार सकिएको हो । सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रम्हादेव राय, कृष्णचन्द्र झाको कार्यकाल सकिएको छ ।

कार्यकाल सकिएको र नयाँ पदाधिकारी नियुक्ति गर्न ढिलाइ हुँदा आयोग पदाधिकारीविहीन बनेको छ । आयोगमा नयाँ पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदबाट सिफारिस गरेर संसदीय सुनुवाइबाट अनुमोदन गर्नुपर्ने नियम रहेको छ ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारले प्रतिनिधिसभाको बैठकमा टेबुल गरेको छ । उक्त अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी दलको नेताविनै बैठक बसेर निर्णय गर्न सक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएका थिए । आयोग पदाधिकारीविहीन हुँदा कामकारवाहीमा असर परेको छ भने परीक्षा र नतिजा निकाल्ने काम कहिले रोकिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि