असोज ०६, २०८१, आइतबार
               

विद्यालय जाने क्रममा लडेर बालिकाको मृत्यु

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १५० मिटर खसेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि