बैशाख २५, २०८१, मंगलबार
               

इजरायलमा दुई वर्षभित्र चौथो पटक संसद् चुनाव

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

इजरायलमा दुई वर्षको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार सुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ । चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् ।

इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेकाे छैन। उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरू नगरेको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शनहरू पनि भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि