असोज ०६, २०८१, आइतबार
               

सेती नदिमा भेटिएको पुरुषको शव, पहिचान खुलेन

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ ।

अन्दाजी ४०–५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । ‘अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,’ उनले भने, ‘पाँच फिट जति उचाइ छ ।’ 


कस्तो लाग्यो ?

यो पनि