असोज ०६, २०८१, आइतबार
               

सडक पेटीमा सुतिरहेका मजदुरको ढुङ्गाले हिर्काएर हत्या

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा आइतबार ५५ वर्षीय पुरुषको हत्या भएको छ । आज बिहान अपरिचित व्यक्तिले ढुंगाले हिर्काउँदा   गम्भीर बनेका एक पुरुषको उपचारको क्रममा शहीद अस्पतालमा मृत्यु भएको हो ।

हत्या आरोपमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँले जनाएकाे छ । कलंकी क्षेत्रमा मजदुरी गरेर खाइ हिँड्ने उनकाे हत्या भएकाे हाे । आइतबार विहान साढे २ बजे सडक पेटीमा सुतिरहेका चौधरीलाई आरोपीले ढुंगाले हिर्काएर भाग्ने क्रममा आरोपितलाई प्रहरीले पक्राउ गरेकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि