असोज ०६, २०८१, आइतबार
               

शौचालय जाँदा भिरबाट लडेर युवकको मृत्यु

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थान डाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

उनका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ–सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो ।

उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि