असोज ०६, २०८१, आइतबार
               

टिपरको ठक्करबाट थप एकको मृत्यु

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । यसअघि सोही मोटरसाइकलमा पछाडि बसेका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । 


कस्तो लाग्यो ?

यो पनि