असोज ०६, २०८१, आइतबार
               

बन्दुक, पेस्तोल र खागसहित ४ जना पक्राउ

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

गैंडाकाे खाग र हतियारसहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट अभियुक्तलाई पक्राउ गरेकाे छ । बाँके कोहलपुर नगरपालिका-११ चौराहबाट २ थान गैंडाको खाग सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-२ बस्ने ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश सिंजाली रहेका छन् ।

त्यस्तै बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित महोत्तरी, महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले भूमिहारलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।

यता पाल्पाकाे बगनासकाली गाउँपालिका-३ तल्लो सिञ्चास बस्ने ५८ वर्षीय हिरा बहादुर शारुलाई एकनाले अवैध ३ थान भरुवा बन्दुकसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि