असोज ०६, २०८१, आइतबार
               

दुर्घटनामा परी एक किशोरीको मृत्यु

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

चितवन । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा  स्कुटरमा सवार २१ वर्षीया युवतीको मृत्यु भएको छ ।    आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि