असोज ०६, २०८१, आइतबार
               

प्रश्नपत्र आउट गरेको आरोपमा पाँचजना नियन्त्रणमा

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४, भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको हो । प्रश्नपत्र आउट गरी भैरवचोकस्थित एक फोटोकपी पसलमा फोटोकपी गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि