बैशाख ०८, २०८१, शनिबार
               

जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान यस्तो जानकारी गराएका हुन् । कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । 

फागुन १४ गते मष्तिष्कघात भएपछि जोशीको भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । उनको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि