असोज ०६, २०८१, आइतबार
               

कावासोतीमा स्कुटर दुर्घटना, एकको मृत्यु

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का  ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जङ्गलमा लु ५८ प ७०४८ नम्बरको स्कुटर र चालक लडिरहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले रानालाई राति नै उद्धार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएकोमा पुरानो मेडिकल कलेजले रानालाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ । रातको समयमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो वा कुनै सवारीले ठक्कर दिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि