असोज ०६, २०८१, आइतबार
               

घूससहित मालपोतका शाखा अधिकृत पक्राउ

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूस लिइरहेकाे अवस्थामा आज मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीबाट २४ हजारसहित शाखा अधिकृत जोशीलाई पक्राउ गरेको आयोग कञ्चनपुरका सूचना अधिकृत हरिश जोशीले जानकारी दिए । 

उनले भने, “अख्तियारको टोलीले शाखा अधिकृत जोशीलाई रकमसहित पक्राउ गरी अनुसन्धान थालेको छ । विस्तृत विवरण सङ्कलन हुँदैछ ।”


कस्तो लाग्यो ?

यो पनि