जेठ ०७, २०८१, सोमबार
               

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको आरोपमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

यस्तै आरोपी हजुरबुबाले पीडित राहतकोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले जनाएको छ ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि