बैशाख २३, २०८१, आइतबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज आज तराइका केही स्थानमा बिहानैदेखि गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ । साथै, देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति पनि देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली भइ तराईका भू–भागमा आंशिक बदली रहने छ भने पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि