असोज ०६, २०८१, आइतबार
               

बालक हत्या गरी फरार ३ अभियुक्त पक्राउ

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

बारा । जितपुर सिमरा उपमहानगरपालिका-२३ भुलही टोल बस्ने जाकिर हुसेनको छोरा १४ वर्षीय साहिद हुसेन मियाँको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका-२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुदीन मंसुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेदिन मिया अंसारीलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

गत फागुन ११ गतेदेखि हराइरहेका साहिद फागुन २८ गते शुक्रबार बिहान जितपुर सिमरा उपमहानगरपालिका-१० बेहरास्थित फ्याकट्रीहरूको फोहर फाल्ने गरिएको डम्पिङ साइटमा सडीगली सकेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनाका थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरिएकाे हाे ।

पारिवारिक तथा जग्गा जमिन सम्बन्धी विवादका कारण रिसइवी रहेको, आपसी विवाद, झै-झगडा, प्रेम सम्वन्ध एवं आर्थिक लाभको उद्देश्यले उनीहरू तीनै जना मिलेर मार्ने योजना बनाई हत्या गरेको साहिदको हत्या गरेको खुल्न आएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि