असोज ०६, २०८१, आइतबार
               

सिरहा प्रेसरकुकर बम बिस्फोट प्रकरण : एकजना पक्राउ

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

सिरहा । गत आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा कर्मचारीसहित आठ घाइते हुने गरी भएको बम विस्फोटमा संलग्न रहेका एक जना पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सोमबार साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले बताए ।

पक्राउ परेका आरोपी मण्डललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइने छ । उक्त बिस्फोटन गराउने जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)  का कार्यकता रहेको प्रहरीले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि