जेठ ०६, २०८१, आइतबार
               

नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना : राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिएको बताएकी  छन् ।

त्यसैले  देशमा सांस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण नेपालमा रहेका कृषि, जडिबूटी, वन तथा खनिज पदार्थको दीगो उपयोग गर्दै स्वदेशी उत्पादन बृद्धि गर्नु आजको आवश्यकता उल्लेख गरिन ।

यसबाट आयात प्रतिस्थापन भई व्यापार सन्तुलन हासिल हुने उनको विश्वास छ । नेपाल चेम्वर अफ कमर्सले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि छुट्टै चेम्बर गठन गरी महिला उद्यमशीलताको विकास गर्न अग्रसर भएकोमा खुशी लागेको राष्ट्रपति भण्डारीले बताइन् ।


कस्तो लाग्यो ?

यो पनि